
काठमाडौं - तपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनुहुन्छ ? लेनको पालना गर्नुहुन्छ वा हुन्न ? तर अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नुभएन भने होस् गर्नुस्, तपाईंको घरमै फोन बज्नेछ ।
ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशासित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको छ ।
आजको राजधानी दैनिकमा छापिएको अनुसार, यसका लागि महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्भिलेन्स भेइकल राखेको छ ।