३१ असार २०८३, बुधबार

फ्रान्सलाई विश्वकप जिताउने खेलाडी र प्रशिक्षकका नाममा राखियो स्टेसनको नाम

फ्रान्सलाई विश्वकप जिताउने खेलाडी र प्रशिक्षकका नाममा राखियो स्टेसनको नाम

काठमाडौं – फ्रान्सको विश्वविजेता टोलीका खेलाडी र प्रशिक्षकको सम्मानमा पेरिसका ६ स्टेसनको नाम परिवर्तन गरिएको छ । 

भिक्टर ह्युगो स्टेसन टीमका कप्तान र गोलकीपरको नाममा भिक्टर ह्युगो लोरिस राखिएको छ । बर्सी मेट्रो स्टेसनको नाम बर्सी लेस ब्लेउज राखिएको छ । 

अनि एभ्रोन स्टेसनको नाम नाउर एभ्रोन गागने राखिएको छ । यसको अर्थ हुन्छ ‘हामीले जित्यौं’ । 

यसबाहेक शर्ल दिगुल स्टेसनको नाम आन अ टू एतोइल राखिएको छ । यसको अर्थ हुन्छ – हामीसँग दुई स्टार छन् । दुई स्टार भन्नाले सन् १९९८ र २०१८ को विश्वकप जीत हो । 

यसबाहेक पनि दुई स्टेसनको नाम प्रशिक्षक डिडिएर डिशँप्सको नाममा छ । नोट्रेड्याम चर्चको स्टेसनको नाम नोट्रे डिडिएर डिशँप्स राखिएको छ भने पेरिस सेन्ट्रल स्टपलाई पनि डिशँप्स एलिसिस क्लेमेन्स नाम दिइएको छ । 

यो परिवर्तन स्थायी हो कि अस्थायी भन्ने चाहिँ प्रस्ट पारिएको छ । 

अनि फ्रान्सको लुभ्र म्युजियममा रहेको मोनालिसाको तस्वीरमार्फत पनि फ्रान्सेली टोलीलाई बधाई दिइएको छ । फ्रान्सको जर्सी लगाएकी मोनालिसाको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्