
काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्नो १५ औं अनसन तोडेसँगै सत्तारुढ दल नेकपाका नेता सुवासचन्द्र नेम्वाङले डाक्टर केसीसँग भएको सहमतिलाई व्यवहारका कार्यन्वयन गरिने बताएका छन् ।
डाक्टर केसीले अनसन तोडेसँगै नेम्वाङले त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग भने, ‘आज भएका सहमति मात्रै होइन हामीले कयैन लिखित /अलिखित प्रतिबद्धताहरुलाई पूरा गर्नु छ, त्यसलाई हामीले गरेरै छाड्छौं ।’
उनले डा केसीले अब फेरि पनि अनसन बस्नुपर्ने अवस्था नआउने पनि प्रतिबद्धता जनाए ।
केसीलाई सरकारका तर्फबाट नेकपाका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले जुस ख्वाएर अनशन तोडाएका थिए ।
प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा अनशनरत थिए ।