२२ असार २०८३, सोमबार

आफ्नो भाग्य जाँच्दै आर्यन, कस्तो आउला नतिजा ?

आफ्नो भाग्य जाँच्दै आर्यन, कस्तो आउला नतिजा ?

शहर झरिमा रुझिरहेको छ । पूर्वनिर्धारित समयमा तोकिएको ठाउँ पुग्न समय लागिहाल्यो । मोटरसाईकल चलाईरहेका बेला एकाएक प्रकृतीको रिस बजारियो, शरीरमाथी । आफूलाई ओत लगाए । हेडक्वाटर अर्थात प्रहरी प्रधान कार्यालय नक्साल ! उनले फोनमा चर्को स्वरमा हाँस्दै जवाफ दिए, ‘हेडक्वाटर अर्थात लाजिम्पाटको हेडक्वाटर रेस्टुरेन्ट हौं ।’ म झण्डैं १ घण्टा पर्खाएर पुगे हेडक्वाटर ।
०००

हेडक्वाटर रेस्टुरेन्ट । केही क्षण आराम लिएर दर्कियो वर्षा । जिन्स पाईन्ट । फेसनेबल जुत्ता । राघेपाटे सर्ट । हटलेमनसँग भुलिरहेका आर्यन सिग्देललाई म नमस्कार गर्छु । उनको हात अलिकति उठ्छ, फिस्स मुस्कानसहित । बस्नुअघिनै प्रश्न फ्याके, ‘साह्रै थकित देखिनुहुनुहुन्छ नी !’ कपाल मिलाउँदै सीधा उत्तर आउँछ, ‘दिनरात नभनी छायांकन भैरहेको छ । डविङ भैरहेको छ । थकाई त लागिहाल्छ नी यार ! ’

आर्यन १ वर्षदेखि चलचित्र कायराको पछाडि दौडिरहेछन् । उनी अलिकति घुमाउरो पारामा जवाफ दिन्छन्, ‘स्क्रिप्ट लेखन, छायांकनदेखि अहिले प्रमोशनसम्मको दौडधुपले ज्यान त नराम्रोसँग गल्यो ।’ आर्यन आफै लगानी गरेको चलचित्र पनि हो यो । फ्लप माथी फ्लप चलचित्र आईरहेका बेला सवैभन्दा आश गरिएको चलचित्र पनि हो । साउन १८ गते आर्यन पुनः आफ्नो भाग्य जाँच्दैछन् । आर्यन थप्छन्, ‘कस्सम यतिको मिहेनत त अहिलेसम्म गरेकै थिएन होला तर रिजल्ट कस्तो आउँछ अहिले अनुमान मात्रै गर्नेहो, यथार्थ कुरा त्यतिवेलै थाहा होला ।’

०००

लभ स्टोरी चलचित्रमा जमिरहेका बेला उनी बिस्तारै सेलाए । चलचित्रवाट पाखा लागेजस्तो पो देखिए । मिडियाको नजरमा पर्नै छोडे । आर्यन हराए, फ्लप हिरोको सुचिमा आर्यन, आर्यनको नयाँ चलचित्रले पानी समेत भन्न भ्याए जस्ता हेडिङमा समाचार छाए मिडियामा । आर्यनलाई यी हेडिङले फिटिक्कै ध्यान तानेन । उनका पछिल्लो समय प्रर्दशन आएका केही चलचित्र फ्लप भए । तर उनले तनाव लिएनन् । उनले थपे, ‘संसारमा सवै हिट आर्टिस्टका सवै चलचित्र हिट हुन्छन् भन्ने प्रमाण छैन, कहिले फ्लप कहिले हिट यो स्वभाविकै हो ।’ तर आर्यन राम्रा चलचित्र दिन आफू निरन्तर मिहेनत गरिरहेको बताउँछन् ।

०००

लभ स्टोरी जनरामा निर्माण हुने पछिल्लो समयका चलचित्रमा त्यती ठूलो परिवर्तन भएजस्तो लाग्दैन आर्यनलाई । युवायुवती गहिरो प्रेममा पर्ने, परिवारले अस्विकार गर्ने, भागेर विहे गर्ने एकैप्रकारको शैलीले अझैंपनि निरन्तरता पाईरहेको छ, उनी थप्छन्, ‘संसारको सवैभन्दा ठुलो विषय लभ स्टोरी चलचित्रमा छ, तर यस्ता खालका चलचित्रको प्रस्तुतिकरण निकै झुर हिसावले गरिन्छ की सवैभन्दा सामान्य विषयवस्तुजस्तो ।’

संसारमा सवैभन्दा धेरै मानिस प्रेममा पीडित छन् । धेरै मानिस प्रेममा घाइते छन् । चाहे अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प होस्, चाहे रुसका राष्ट्रपती पुटिन । कोही न कोही कहिंकतैवाट प्रेमवाट प्रभावित छन् । प्रेमको विषयमा सवैभन्दा धेरै चलचित्र वन्छन् तर अझैंपनि राम्रा चलचित्र वन्न सकिरहेका छैनन्, हामी कायरा सकेसम्म धेरै प्रेमिल मनभित्र पस्न खोजिरहेका छौं ।’ चलचित्रले केही गर्न नसके पनि मुड परिवर्तन गर्ने ल्याकत राख्नुपर्छ । आत्मालाई शान्ति दिन सक्नुपर्छ,’ भन्छन् आर्यन  ।

०००

अभिनेता आर्यन चलचित्र बुझेर यो क्षेत्रमा आएका हैनन् । साथीभाईहरुले ह्याण्डसम छस्, जा फिल्मसिल्म खेल भनेपछि मात्रै उनी चलचित्र क्षेत्रका बारेमा वुझ्न थालेका हुन् । तर उनी अहिलेसम्म ३ दर्जनबढी चलचित्रमा काम गर्दासम्म कहिल्यै चलचित्रसम्वन्धी कुनै सिप लिएका छैनन् । न थियटरमा भर्ना भए, न अग्रजवाट केही ट्रेनिङ । भन्छन्, ‘भगवानको गिफ्ट सायद यहि त होला !’

०००

चलचित्रमा नलागेका भए आर्यन सिग्देल के बन्थे होलान् ? उनीसंग यो कुराको जवाफ छैन । चलचित्रमा नलागेको भए जीवनप्रति सन्तुष्ट हुन्थे होलान् त ? लामो सास फुत्कियो । कपाल सुमसुमाउँछन् अनि भन्छन्, ‘मैले कहिल्यै फ्युचरको प्लानिङ गरेन, वर्तमानमा हेर्ने र यसैलाई हेरेर वाच्ने आदत छ, अनि कसरी भन्न सक्छु की चलचित्रमा काम नगरेको भए के हुन्थे अनि वन्थे भनेर ?’ अनि आर्यन अर्को दोधारे जवाफ दिन्छन्, ‘फ्युचर भनेको फ्युचरनै हो, कसैलाई पत्तो हुदैन के हुन्छ भनेर । फेरि फ्युचरको बारेमा सवैकुरा पहिल्यै थाहा हुने भए जिवन जिउनुको मज्जा पनि हुँदैन थियो होलानि !’

०००

आफ्नो विगतलाई समीक्षा गर्नुपर्दा आर्यनले संघर्षलाई कसरी सम्झन्छन् ?, ‘म विगतलाई कहिल्यै सम्झन्न । जब मान्छेले विगतलाई सम्झन्छन् नि विभिन्न कुराहरु सम्झिएर दुःखी हुन्छ । आजको काम राम्रोसंग आजै गर्ने आर्यनको जीवनको दर्शन हो । हिजो के गरे“, के गरिँन, अस्ति के गरे अनि अस्ती के गरिँन भन्ने कुराको लेखाजोखा गरि घरि घरि सम्झीने वानी छैन, त्यतिवेला जे गरेको थिए“, सक्कियो नी, आर्यन थप्छन् । संसारमा कुनै चिज स्थायी छैन भन्छन् आर्यन । आफूअघि रहेको एक गिलास पानी एकैपटकमा पिईदिए । अनि भने, ‘संसारमा स्थायी केही छैन, सबथोक सकिन्छ । लोभ, घमण्ड, स्वार्थ केका लागि ? संसारमा सबैभन्दा ठूलो भनेको ज्ञान हो र असल कर्म हो ।’ आर्यन कहिल्यै हिट हुने कामना गरेनन् । थुप्रै पुरस्कार पाए, तर त्यो भन्दा धेरै उनले फ्यान कमाए । उनी धेरै फ्यान कमाउनु जिन्दगीको सवैभन्दा ठूलो खुसी ठान्छन् ।

०००

आर्य सिग्देल आफूलाई फरक फरक क्यारेक्टरमा प्रयोग गर्न रुचाउँछन् । तर कसैले अरु क्यारेक्टर सम्झिएनन् । आर्यन लभस्टोरी जनरामै चिनिए, दर्शकले पत्ताएकै क्यारेक्टर लभर व्वाए हो । उनी धेरै समयपछि पूर्ण लभस्टोरी चलचित्रमा देखिदैछन् । तर आर्यनका पछिल्लो समय हिट चलचित्रको सख्या“ छैनन । उनी यो कुराको महसुस गरेका छन् । भन्छन्, ‘केही वर्ष भएको छ, दर्शकले मबाट गरेको अपेक्षाअनुसार चलचित्र नपाएको, त्यस हिसाबले कायरा चलचित्र प्रर्दशन हुदैछ, एकदमै एक्साइटेड छु । अलिकति नर्भस पनि छु, तर अव दर्शकलाई धेरै समयपछि राम्रो चलचित्र दिदैछु ।’

आर्यन अभिनयसंगै निर्माण यात्रामा पनि दौडिरहेका छन् । पोहोर रुद्रप्रिया चलचित्र वनाए । अहिले कायरा वनाए, जुन प्रर्दशन हुँदैछ । साच्चीकै उनलाई अभिनय मन पर्‍र्यो या चलचित्र निर्माण रमाईलो लाग्यो त ? उनी जवाफ दिन्छन्, ‘अभिनय नै सहज हो, अभिनय मेरो पेसा हो, जुन काम मैले वर्षौंदेखि गर्दै आएको छु । अभिनयमा लगानी गर्नु पर्दैन, तर मेहनतचाहि“ गर्नुपर्छ ।’ काम गर्न मज्जा चलचित्रमा निर्माणमा पनि हो । आफूले सोचेको कुरा पर्दामा ल्याउन चलचित्र निर्माण गर्नुपर्दो रहेछ, उनले थपे, ‘कलाकारका रूपमा मात्र काम गर्दा आफूले सोचेको सबै कुरा सम्भव हुंदैन, तर निर्माणबाट त्यो सम्भव हुँदो रहेछ ।

आर्यन आफुलाई कायरा चलचित्र मार्फत् पुन आफुलाई फरक ढगंवाट कमव्याक गराउने तयारीमा छन् भन्ने चर्चा पनि चलिरहेको छ चलचित्र वजारमा । तर उनी अलिकति फरक हिसावले उत्तर दिन्छन्, ‘म चलचित्र क्षेत्रमा निरन्तर संघर्षरत यात्री छु । मैले जब चलचित्र यात्रा प्रारम्भ गरें त्यतिबेलैदेखि वर्षमा १–२ वटा चलचित्रमा मात्र काम गरें । अन्य कलाकारहरू जस्तो वर्षमा १०–१२ वटामा काम गर्न सक्ने क्षमता मस“ग पनि थियो तर त्यसो गरिन । अहिलेसम्म फ्यानहरुलाई बोर नहुने हिसाबले काम गरिरहेको छु ।’

०००

आर्यन चलचित्रको पर्दामा दर्शकले नम्रता श्रेष्ठको जोडीलाई खुबै रुचाए । अझैंपनि यो जोडिको चलचित्र आउने हो भने चलचित्र हलमा दर्शक ओईरिनेछन् । तर कायरा चलचित्रमा उनी साम्राज्ञीलाई आफ्नो चलचित्रमा महगों पारिश्रमिक दिएर किन रोजे ? यो प्रश्न यतिवेला आर्यनमाथी निकै सोझिएको छ । तर आर्यन कायरामा अरु कुनैपनि अभिनेत्री भएर नहुने र जो कसैले यो भुमिकामा काम गर्न नसक्ने भएकाले साम्राज्ञीलाई रोजेको बताउँछन् ।

आर्यन भन्छन्, ‘कथाले साम्राज्ञी खोजेकाले उसलाई राखिएको हो । अर्को कुरा, कथाअनुसार कलाकार खोज्ने होे, कलाकार अनुसार कथा हैन । कायराको कथा लेख्दा हामीले साम्राज्ञीकै लागि भनेर लेखेका थियौं ।’ साम्राज्ञीले १० लाख पारिश्रमिक लिएर यो चलचित्रमा काम गरेको खवरले मिडिया निकै तात्यो । यो पारिश्रमिक अहिले नेपाली चलचित्रका कुनैपनि अभिनेत्रीको भन्दा धेरै माथी हो । कतिपयले सस्तो प्रचारका लागी पनि यसो गरेको हुन सक्छ भनें । तर आर्यन साम्राज्ञीको निकै प्रशंसा गर्दै भन्छन्, ‘मेरो त इच्छा के छ भने भोलिको दिनमा मेरो कम्पनीले साम्राज्ञीलाई ५० लाख रुपैया“ दिएको समाचार आओस् । कायरामा साम्राज्ञीले निकै कम पारिश्रमिक लिएर काम गरेकी हुन् । कायरामा उनले गरेको कामको मूल्यांकन गर्ने हो भने उनको पारिश्रमिक ५० लाख रुपैयाँ हुनुपथ्र्यो ।’

०००

प्रदिप खड्का, अनमोल केसी लगायत पछिल्लो समयका स्टार आएपछि त आर्यन नराम्रोसंग हराएको भन्छन् नी ! आर्यन यसको जवाफ घुमाउरो ढगंवाट दिन्छन् । आर्यन आफ्नो करिअरलाई कुनैपनि अभिनेता आएर फरक नपार्ने बताउ“छन् । उनी भन्छन्, ‘मलाई उहाँहरूको अभिनय र आवागमनले केही फरक परेको छैन । दर्शकहरू स्टारको पछि कहिल्यै दौडिदैनन् । उनीहरू राम्रो कथा खोज्छन् र राम्रो चलचित्रलाई साथ दिन्छन् ।’

०००

चलचित्रमा एक दशकको यात्रा गरिसकेका आर्यन अब नया“ के दिन सक्छन् त ? भन्छन्, ‘नया“–नया“ अचम्म खालको प्रयोग केही हुन्न तर संसारभरी रहेका नेपाली दर्शकलाई नेपाली चलचित्रप्रति ध्यान खिच्ने खालका चलचित्र निर्माणमा निरन्तर अगाडि वढ्नेछु ।’ अभिनयलाई निरन्तरता, प्रोफेशनलाई निरन्तरता अनि ईमान्दार भएर काम गर्ने वाहेक अरु के होला र !

salt training

कमेन्ट गर्नुहोस्