०७ असार २०८३, आइतबार

सडकमा गाडी पार्किङ गरे अब ‘ह्वील लकिङ’

साउन १२, २०७५
सडकमा गाडी पार्किङ गरे अब ‘ह्वील लकिङ’

बुटवल – तपाईले कतै बुटवलका सडकमा जथाभावी रूपमा गाडी पार्किङ त गर्नुभएको छैन ? त्यसो गर्नुभएको भए अब तपाई प्रहरीको फन्दामा पर्नुहुन्छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले मुख्य सडकमा सवारी साधन पार्किङ गरे सवारी साधनमा ‘ह्वील लकिङ’ (सिक्री सहितको चाँबी) गरिदिनेछ ।

मुख्य सडकमा अव्यवस्थित पार्किङले सवारी आवागमनमा समस्या परेकाले भन्दै जथाभावी पाकिङ गर्नेलाई ह्वील लकिङ गरी कारवाही गर्ने बताएको हो । मुख्य सडकमा सवारी साधन पार्किङ गरे सवारी साधनमा ह्वील लकिङ कारवाही गरिने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक गणेश चन्दले बताए । ट्राफिक व्यवस्थापनका लागि प्रहरीले २ चरणमा सवारी व्यवस्थापन अभियान सञ्चालनको तयारी गरिएको प्रहरी उपरीक्षक चन्दले बताए ।

बुटवलमा पछिल्लो समय साना ठूलो सवारी साधान सडकमै पाकिङ गरिँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै गएको छ । प्रदेश राजधानी बुटवल भएसँगै यहाँ गाडीहरूको चाप अत्याधिक बढ्दै गएको छ । 

पहिलो चरणमा शहरी क्षेत्रमा तत्कालदेखि लागू हुने गरी ह्वील लक र शहरी क्षेत्रमा हेभी सवारी साधन प्रवेशलाई निषेध गरिने छ । त्यस्तै दोस्रो चरणमा मुख्य सडकमा यातायात व्यवस्थापन अभियान सञ्चालन गर्ने ट्राफिक प्रहरीको तयारी छ । 

सवारी साधनको निर्धाण गरिएको गति कायम गराउन पनि ट्राफिक प्रहरीले जोड दिएको छ । प्रहरीले शहरी क्षेत्रमा हेभी सवारी साधनजस्तै टिप्पर, ट्रकलाई २० किलो मिटर प्रतिघण्टा तथा साना सवारी साधनलाई ३० किलो मिटर प्रतिघण्टाको गति निर्धारण गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्