०३ असार २०८३, बुधबार

सशस्त्रमा स्टाफ कोर्ष प्रवेश परीक्षामा दुई एसपी फेल

साउन १८, २०७५
सशस्त्रमा स्टाफ कोर्ष प्रवेश परीक्षामा दुई एसपी फेल

काठमाडौं–सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन् । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

सशस्त्र प्रहरी उपरीक्षकद्वय कृष्ण ढकाल र मनिष थापाको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको हो । ढकाल सिसुका मोरङ र थापा सिसुका रौतहटका प्रमुखका रुपमा कार्यरत छन् । सिसं १ कै विनोद श्रेष्ठ र प्रकाश थापाको स्टाफ कलेज यात्रामा पनि ‘ब्रेक’ लागिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्