२२ असार २०८३, सोमबार

सर्वोच्चमा मिश्रले तोके पेशी, आफ्नो इजलाशमा ४२ रिट निवेदन

सर्वोच्चमा मिश्रले तोके पेशी, आफ्नो इजलाशमा ४२ रिट निवेदन

काठमाडौं– प्रधानन्यायाधीशका लागि सिफारिस भएपनि संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएर कायममुकायम दीपकराज जोशी १५ दिने विदामा बसेपछि आइतवार सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोकेका छन् ।

मिश्रले सहायक कायममुकायम प्रधान्यायाधीशको हैसियतमा आइतवार पेशी तोकेका हुन् । सर्वोच्चका ९ इजलाशमा मिश्रले आफू र न्यायाधीश वमकुमार श्रेष्ठको पूर्ण इजलाश तोकेका छन् ।

मिश्रले केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको एकल बाहेक अन्य ६ वटा संयुक्त इजलाश तोकेका छन् ।

मिश्रले आफूसहितको पूर्ण इजलाशमा ४२ वटा रिट तथा निवेदनको पेशी तोकेका छन् । शुक्रवारसम्म कायमुकायम प्रधानन्यायाधीशको रुपमा दीपकराज जोशीले नै पेशी तोकेका थिए ।

शुक्रवार बसेको संसदीय सुनुवाइ विशेष समितिको वैठकले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय गरेपछि उनी आइतवारदेखि विदामा बसेका हुन् ।

जोशीले शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटि १५ दिन विदामा बस्ने जानकारी गराएका हुन् ।

जोशी विदामा बसेपछि मिश्रले आइतवारदेखि सहायक कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्