२२ असार २०८३, सोमबार

पत्रकार थपलियाको परिवारलाई महासंघको सहयोग

साउन २०, २०७५
पत्रकार थपलियाको परिवारलाई महासंघको सहयोग

काठमाडौँ– नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले दिवंगत पत्रकार एवं साहित्यकार यादव थपलियाको परिवारलाई आज रु दुई लाख ९२ हजार २३५ सहयोग रकम हस्तान्तरण गरेको छ । 

कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक थपलियाको उपचारका क्रममा गत असार १५ गते सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा अल्पायुमै निधन भएको थियो । 

सो प्रदेश समितिले मातहतका सबै शाखालाई आर्थिक संकलनका लागि गरेको आग्रहअनुसार संकलित रकम आज थपलियाका श्रीमती गंगा खतिवडालाई हस्तान्तरण गरिएको समितिका महासचिव बालकृष्ण अधिकारीले जानकारी दिए । 

श्रीमती खतिवडाले चिकित्सकको लापर्वाहीका कारण आफ्ना श्रीमान्को निधन भएको दाबीसहित काठमाडौँ जिल्ला प्रशासनमा उजुरी दिएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्