कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं — ड्राई फ्रुट्स खान धेरैलाई मन पर्छ । यीमध्ये किसमिस मीठो पनि हुन्छ र यसले तत्कालै ऊर्जा पनि दिन्छ । अंगुर सुकाएर किसमिस बनाइन्छ ।
किसमिस अनेकौं रंगका हुन्छन् : कालो, हरियो, सुनौलो । यी रंगहरू किसमिस सुकाउने तरिकाले गर्दा फरक गरी आउँछन् ।
किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छन् । खानाको स्वाद बढाउन यिनीहरूको प्रयोग हुन्छ । खीर, हलुवा जस्ता कुरा बनाउँदा माथिबाट किसमिस हालिन्छ ।
यहाँ हामी किसमिसले स्वास्थ्यमा पु–याउने फाइदाका बारेमा बताउँछौं ।
हाड बलियो बनाउन
हाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । किसमिसमा हुने बोरोनले हाडसँग सम्बन्धित रोग अस्टिओपोरेसिसमा राहत दिन्छ । घुँडा दुख्ने पनि यसले ठीक गराउँछ ।
आँखाको ध्यान
आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट गुणले फ्री रेडिकलसँग लड्न मद्दत गर्छ ।
उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।
यसका अलावा किसमिस खाँदा कोलेस्ट्रोलबाट बचिन्छ, स्मरणशक्ति बढ्छ, एनिमियामा फाइदा पुग्छ, एसिडटी भाग्छ, तौल बढ्छ, गिजा स्वस्थ रहन्छ, मिर्गौला र कलेजो सुरक्षित रहन्छ ।
किसमिस खाने सही तरिका
हुन त किसमिस सुक्खै खाएको पनि ठीकै हो तर उसको गुणको बढी फाइदा उठाउन चाहनुहुन्छ भने यसलाई रातभरि भिजाउनुस् र बिहानीपख खानुस् ।
यसो गर्दा तपाईं पाचनसम्बन्धी समस्याबाट मुक्त हुनुहुन्छ र शरीरमा रगतको कमी हुन पाउँदैन ।
त्यसबाहेक किसमिसलाई पानीमा हालेर २० मिनेटसम्म उमाल्ने अनि त्यो उम्लिएको पानीलाई रातभरि राखेर बिहानीपख पिउने हो भने त्यसबाट धेरै फाइदा हुन्छ ।
एजेन्सी
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...