०८ असार २०८३, सोमबार

जन्मँदा १ हजार, मृत्यु भए ५ हजार !

साउन २४, २०७५
जन्मँदा १ हजार, मृत्यु भए ५ हजार !

ओखलढुंगा - जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन । 

सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न र पञ्जिकरण प्रणाली व्यवस्थित राख्न स्थानीय तहले यस्तो निर्णय गरेको हो । 
ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिकाभित्र कसैको मृत्यु भए परिवारलाई पाँच हजार किरिया खर्च दिने निर्णय गरेको छ। बर्थिङ सेन्टरमा जन्मने शिशुको परिवारलाई भने १ हजार दिने भएको छ। 

यो निर्णय सुन्दा एउटा अर्थ लाग्ने देखिए पनि यसको उद्देश्य विशेष छ। गाउँपालिका प्रमुख रुद्र अधिकारीले भने  ‘वृद्ध अपांक भत्ताका नाममा वर्षेदेखि कर्मचारी र भत्ता लिने आफन्ले मृत्यु भइसकेकाको नाममा पनि सामाजिक सुरक्षा भत्ता लिएर अनियमितता गर्दै आएका थिए । मृत्यु भएकाको परिवारलाई ५ हजार किरिया खर्च दिन थालेपछि यसको अन्त्य हुँदै जान्छ।’  आजको कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्