काठमाडौं – इन्डोनेसियाको लोम्बोक टापुमा आएको ६.९ म्याग्निच्युडको भूकम्पमा मर्नेको संख्या १६४ पुगेको छ ।
यो प्राकृतिक विपतका कारण लगभग एक लाख ५६ हजार मानिस विस्थापित भएका छन् । अधिकारीहरूले विस्थापितहरूका लागि तत्कालै औषधि, खाद्यपदार्थ र स्वच्छ पानी उपलब्ध गराउन अपील गरेका छन् ।
डराएका गाउँलेहरू सडकको किनारमा टेन्ट गाडेर अनि धानखेतमा बसिरहेका छन् । घाइतेको उपचारका लागि अस्थायी शिविरहरू बनाइएको छ ।
राष्ट्रिय विपत निकायका प्रवक्ता सुतोपो पुर्वो नुगरोहोले भने, ‘भूकम्पबाट मर्नेको संख्या १६४ पुगेको छ । चौधसय मानिस घाइते भएका छन् र एक लाख ५६ हजारजना विस्थापित भएका छन् ।’
एजेन्सी