०३ असार २०८३, बुधबार

बजेट वितरणमा कसैलाई पनि विभेद गरेको छैनः मन्त्री पण्डित

साउन २६, २०७५
बजेट वितरणमा कसैलाई पनि विभेद गरेको छैनः मन्त्री पण्डित

भक्तपुर– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुरानो संरचना छाडेर नयाँ संरचनामा जाँदा आउने समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । 

जिल्ला समन्वय समिति भक्तपुरको दोश्रो जिल्लासभामा उनले प्रदेश र स्थानीय सरकारले नयाँ व्यवस्था तथा संरचनामा आउने समस्यालाई अरुलाई भन्दै हिड्ने भन्दापनि समाधान गर्नेतर्फ लाग्नुपर्ने बताए । 

मन्त्री पण्डितले नयाँ संरचनामा जाँदा पुरानो छोड्न पनि नसक्ने र पुरानो छोड्न नसक्दा नयाँलाई सहज रुपमा लिन पनि नसक्ने प्रवृत्तिले समस्या आएको उल्लेख गर्दै नयाँ संरचना अनुरुप अगाडि बढेमा समस्या नआउने बताए । 

पहिलाको व्यवस्थालाई काँचो ईटाको पुरानो घर र अहिलेको व्यवस्थालाई पक्की ईटाको नयाँ घरको संज्ञा दिँदै उनले भने “हिजो काँचो ईटाको घर थियो, अहिले पक्की घर बनाउँदै छौ, पुरानो घरबाट नयाँ बनाएर सर्दा जस्तो अवस्था आउँछ, अहिले त्यस्तै परिस्थिति छ ।” 

मन्त्री पण्डितले संविधानले दिएको अधिकारभित्र बसेर तीन वटै तहको सरकार सञ्चालन हुनुपर्छ भन्दै कतिपयले नपाएको अधिकार प्रयोग गर्ने, कतिपयले पाएको अधिकार पनि पुगेन भन्ने, कतिपय पाएको अधिकार पनि धेरै भो भन्ने कतिपय अझै अलमल मै परेको धारणा व्यक्त गरे । 

बजेट वितरणमा सरकारले कसैलाई पनि विभेद नगरेको उल्लेख गर्दै उनले सरकारले मापदण्ड बनाएर बजेट बाँडफाँड गरेकाले भेदभाव नभएको स्पष्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्