१४ असार २०८३, आइतबार

धोबीखोलाको बाढीले अनामनगरबाट बिजुलीबजारतर्फको बस्ती डुब्यो, प्रकाशमानले गरे स्थलगत अनुगमन

धोबीखोलाको बाढीले अनामनगरबाट बिजुलीबजारतर्फको बस्ती डुब्यो, प्रकाशमानले गरे स्थलगत अनुगमन

काठमाडौं – धोबीखोलामा गएराति आएको बाढी पस्दा अनामनगरबाट बिजुलीबजारतर्फ खोला आसपासको बस्ती डुबानमा परेको छ ।

बाढी पसेपछि त्यस क्षेत्रका बासिन्दा रातभर जागा रहे भने बिहान पानीको सतह घटे पनि हिलो जमेकाले जनजीवन प्रभावित भएको छ ।

डुबानले लाखौंको क्षति भएको पीडित स्थानीय बासिन्दाले बताएका छन् ।

सो क्षेत्र (काठमाडौं – १) का सांसद एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बुधबार डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

उनले डुबान प्रभावितलाई तत्काल उद्धार तथा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

तस्वीर : युपी लामिछाने

salt training

कमेन्ट गर्नुहोस्