
काठमाडौं – केही दिनयता बलिउडमा सञ्जय लीला भन्सालीको आगामी फिल्म इन्शाअल्लाहमा सलमान खानसति दीपिका पादुकोण देखिने चर्चा चलिरहेको छ ।
ताजा जानकारीअनुसार, भन्सालीले फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् र स्क्रिप्ट पूरा हुनेबित्तिकै फिल्मको स्टारकास्ट घोषणा गर्नेछन् ।
इन्शाअल्लाह फिल्मको कामचलाउ शीर्षक हो । अर्को वर्ष फिल्मको शूटिङ शुरू हुन्छ । सलमान खानले रेस ३ को प्रमोसन गर्दाखेरी नै आफू इन्शाअल्लाहमा हुने बताएका थिए तर यसको कन्फर्मेसन आइसकेको छैन । सूत्रहरूलाई
पत्याउने हो भने त यसमा दीपिका हिरोइन हुनेछिन् ।
दीपिका र भन्साली राम्रो साथी हुन् । दुवैले केही फिल्ममा काम पनि गरिसकेका छन् । यस्तो अवस्थामा दीपिकालाई भन्सालीले नाइँ भन्न सक्दैनन् ।
दीपिकाले अहिलेसम्म सलमान खानसँग काम गरेकी छैनन् । उनलाई किक र सुल्तान अफर गरिएको भएपनि उनले भ्याइनन् ।
पद्मावतपछि उनले कुनै पनि फिल्म साइन गरेकी छैनन् । त्यसैले यो फिल्ममा उनले खेल्ने सम्भावना छ ।
एजेन्सी