
धनुषा– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेश नं २ प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्बोधनका लागि प्रधानमन्त्री ओली शनिबार बिहान जनकपरुधाम आउने प्रदेश नं २ प्रदेशसभा सचिवालयले जनाएको छ ।
सभामुख सरोजकुमार यादवका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली धनुषा जिल्लाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको २५ औँ स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ ।
सो सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम रहेको नेकपाका नेता विश्वनाथ शाहले बताए ।