२१ असार २०८३, आइतबार

भूक्षय रोक्न दुई नदीमा तटबन्ध निर्माण

भूक्षय रोक्न दुई नदीमा तटबन्ध निर्माण

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ । 

नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा रु आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा रु चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्माण गरेको हो । दुवै नदीमा तटबन्ध निर्माण गरिएपछि ३०० परिवारको जग्गा भूक्षय हुनबाट जोगिएको छ । 

चालू आवमा सनबोरा नदीमा रु १० लाखको लागतमा ३५ मिटर र स्याली नदीमा रु छ लाखको लागतमा ३० मिटर तटबन्ध निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्