३१ असार २०८३, बुधबार

निर्मला हत्या प्रकरणः गृहमन्त्रीले भनेका दुई जना खैं ?

भदौ ८, २०७५
निर्मला हत्या प्रकरणः गृहमन्त्रीले भनेका दुई जना खैं ?

काठमाडौं – भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुख्य अभियुक्तको रुपमा दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो । तर प्रहरीले वास्तविक दोषीलाई लुकाएर सुस्त मनस्थिति भएका बिष्टलाई पक्राउ गरेको भन्दै मृतक बालिकाका परिवार, आफन्त तथा स्थानीय आन्दोलित छन् । 

दिलीप विष्ट पक्राउ पर्नु १८ दिनअघि १७ साउनमा संसद्मा उभिएर गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको दाबी गरेका थिए । 

तर, ती दुईजना को हुन् र कहाँ छन् भन्ने अहिलेसम्म जानकारी छैन । आजको नयाँ पत्रिकामा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्