०१ साउन २०८३, शुक्रबार

विमिस्टेक सम्मेलनमा सवारी साधनमा  जोर बिजोर प्रणाली लागू हुने

विमिस्टेक सम्मेलनमा सवारी साधनमा  जोर बिजोर प्रणाली लागू हुने

काठमाडौं–विमिस्टेकको चौथो शिखर सम्मेलनका क्रममा   उपत्यका भित्र चल्ने सम्पूर्ण निजि तथा भाडाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । 

सो प्रणाली भदौ १३,१४ र १५ गते लागू हुने  ट्राफिक प्रहरीले जनाएको छ । उक्त अवधिमा सवारी आवागमन सहज बनाउनका लागि ट्राफिक प्रहरीले सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागु गर्न लागेको हो । 

प्रहरीका अनुसार  भाद्र १४ गतेका दिन जोर नम्बर प्लेटका सवारी साधनहरु मात्र सञ्चालन हुन पाउनेछन् भने १३ र १५ गतेका दिन बिजोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन हुन पाउनेछन् । 

सवारी साधनको अन्तिम २ अंकको आधारमा जोर र विजोर छुट्याईने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्