२१ जेठ २०८३, बिहीबार

छानबिन समितिको सिफारिसपछि एसपी निलम्बित

भदौ १०, २०७५
छानबिन समितिको सिफारिसपछि एसपी निलम्बित

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान गरिरहेका एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिको सिफारिसपछि उनलाई निलम्बन गरिएको हो । एपसी विष्ट कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख थिए । उनीमातहतमा काम गर्ने डिएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

संयोजक मैनालीले भने, ‘समितिले अनुसन्धान थालेको छ । यसक्रममा एसपी विष्ट निलम्बनमा परेका छन् । डिएसपी सेटी र इन्स्पेक्टर खड्कालाई प्रहरी प्रधान कार्यालय पठाइएको छ । अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्न सक्ने देखिएपछि उनीहरूलाई निलम्बन गरिएको हो ।’

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले पनि घटना अनुसन्धानमा लापरबाही देखिएको बताए । नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्