काठमाडौं, ९ फागुन — अघिल्लो हप्ता अमेरिकाका डोनाल्ड ट्रम्पको आप्रवासनविरोधी कार्यकारी आदेशका विरुद्ध आप्रवासीविनाको एक दिन अभियानमा भाग लिने कामदारहरूलाई कामबाट निकालिएको छ ।

बिहीवार विरोध प्रदर्शनमा भाग लिने दर्जनौं कामदारले आफूहरू रोजगारविहीन भएको बताए । कतिजनाले विरोध कार्यक्रममा भाग लिएका थिए प्रस्ट भएन ।
ओक्लाहोमाको तुल्सामा रहेको आई डोन्ट केयर बार एन्ड ग्रिलका १२ जना दक्षिण अमेरिकी कामदारले आफूहरूलाई जागिरबाट निकालिएको सन्देश एसएमएसमा पाएको बताए । फक्स २३ न्यसजलाई उनीहरूले बताएअनुसार आफूहरूलाई चेतावनी दिइने अपेक्षा गरेको भएपनि जागिरबाटै निकालिने अपेक्षा नगरेको बताए ।
जागिरबाट यसरी निकालिएपछि दक्षिण अमेरिकी समुदायका कामदारले चर्को विरोध गरेका छन् ।
तर रेस्टुरेन्टले फेसबूकमा पोस्ट गर्दै जागिर खुल्ला रहेको सन्देश दिएको छ ।
अनि बहामा ब्रीजमा काम गर्ने ६ जना मानिसलाई पनि विरोधमा भाग लिएकोमा जागिरबाट निकालिएको आप्रवासन अभियन्ता कार्मेन गुएरेरोले बताए ।
त्यस्तै ब्राड्ली कोटिङ्स इन्कका १८ कामदारलाई पनि कामबाट निकालियो ।
एजेन्सीको सहयोगमा