२२ असार २०८३, सोमबार

९३ वर्षीया वृद्धाले कुङ फु गरेको फोटो भाइरल

कात्तिक २०, २०७४
९३ वर्षीया वृद्धाले कुङ फु गरेको फोटो भाइरल
काठमाडौं, ९ फागुन — चीनकी ९३ वर्षीया झाङ हेसियानले कुङ फु गरेका तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।


८९ वर्षदेखि कुङ फु गर्दै आएकी झाङले यसमा महारथ हासिल गरेकी छन् । आफूलाई याद भएसम्म कुङ फु गरिरहेको उनी बताउँछिन् ।

‘म चार वर्षकी हुँदादेखि कुङ फु गर्दै आएकी छु,’ उनले भनिन्, ‘विगत तीन सय वर्षदेखि यो मेरो परिवारको परम्पराका रूपमा चल्दै आएको छ ।’

झाङ चीनको दक्षिणपूर्वी झेजियाङ प्रान्तमा बस्छिन् र उनको परिवारका सबै सदस्यले कुङ फु सिकेका छन् । यसले अनुशासन र शक्ति दिने उनी बताउँछिन् । उनी एकाबिहानै उठेर ओछ्यानमै कुङ फु गर्ने सम्झना गर्छिन् ।

‘म सन् १९२४ मा जन्मेकी थिएँ । त्यतिखेर चीन अन्य देशसँग युद्ध गर्दै थियो । त्यसबेला कुङ फु आत्मसुरक्षा दिने राम्रो माध्यम थियो,’ उनी भन्छिन् ।

झाङले गर्ने कुङ फु फुजियान प्रान्तमा शुरु भएको हो र यसका १५ विभिन्न शैली छन् ।

प्रत्येक शैलीका ३६ मुभहरू छन् ।

झाङका अनुसार एउटा शैली सिक्न पनि पूरै तीन वर्ष लाग्छ । झाङले सबै शैलीमा महारथ हासिल गरेकी छन् तर शुरुमा शैली सिक्न असाध्यै गाह्रो भएको उनी सम्झिन्छिन् ।



सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्