०३ असार २०८३, बुधबार

पत्रकार मञ्चको नयाँ नेतृत्व चयन, ‘नेपालले इजरायलबाट आधुनिक कृषि उद्पादनमा फाइदा लिन सक्ने

पत्रकार मञ्चको नयाँ नेतृत्व चयन, ‘नेपालले इजरायलबाट आधुनिक कृषि उद्पादनमा फाइदा लिन सक्ने

काठमाडौं ।
नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको पाँचौ महाधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको छ । राजधानीमा सम्पन्न मञ्चको पाँचौ महाधिवेशनबाट उपाध्यक्षमा ललितध्वज खड्का, महासचिवमा विमलकुमार थापा, सचिव प्रितमसागर कर्माचार्य तथा कोषाध्यक्षमा यज्ञबहादुर ढकाल निर्बिरोध चयन गरेको छ । अन्य सदस्यहरुमा विष्णुलाल श्रेष्ठ, प्रज्ज्वल थापा, राजु भण्डारी, उदयनारायण भट्टराई, जितेन्द्र श्रेष्ठ (जेन), लक्ष्मण पन्थी, कमला नेपाल, मनिषा अवस्थी, पासाङ शेर्पा, मनुका कुँवर, सुनिता लोहनी  र  बसन्त शर्मालाई चयन गरेको छ । 


अधिवेशनको उद्घाटन शत्रका प्रमुख अतिथि नेपालका लागि इजरायलका राजदूत बेन्नी ओमेर थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल र इजराइलबीचको महत्वपूर्ण सम्बन्ध रहेको भन्दै यो सम्बन्धले दुई देशबीचको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले भने, ‘सुन्दर देश नेपाल र इजरालबीच आर्थिक र कुटनितिक रुपमा महत्वपूर्ण सम्बन्ध छ । अहिले नेपालका यवाहरु इजरायलबाट आधुनिक कृषि प्रणालीसिकिरहेका छन् । यसबाट नेपालले पनि धेरै सिकेर नेपालमा पनि त्यसको व्यवसायिक प्रबद्र्धन हुन थालेको छ ।’ 


कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालको संघीय राजनीतिक तथा सामाजिक परिवर्तनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै अब सम्बृद्धिका लागि पत्रकारहरु थप जिम्मेवार हुनुपर्ने बेला आएको बताए ।  यसैगरी पत्रकार महासंघका महासचिव रमेश बिष्टले सरकारले पत्रकारितामा अंकुश लगाउन खोजेको बताउँदै मुलुकी संहिता जारी भएपश्चात पत्रकारितामा अंकुश लाग्न सक्ने आशंका बढेको बताए । 
कार्यक्रममा नवनिर्वाीचत अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र अधिकार संरक्षण गर्ने सन्दर्भमा नेपाल पत्रकार मञ्च सदैव क्रियाशील रहने प्रतिबद्धता जनाउँदै स्वतन्त्र पत्रकारिताको विपक्षमा आएको कानूनको कडा प्रतिपाद गर्न सधै तयार रहेको बताए ।


कार्यक्रममा प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट एशिया प्यासिफिक दैनिकमा कार्यरत पत्रकार आस्मिका गुरागाईंलाई सम्मान प्रदान गरिएको छ । यसैगरी अग्रज पत्रकारद्वय अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी तथा वरिष्ठ पत्रकार विष्णुलाल श्रेष्ठलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्