
काठमाडौं – राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका सभापतिले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समक्ष राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल (पार्वती), विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले बुधवार शपथ ग्रहण गरेका हुन् ।
तीनैजना निर्विरोध निर्वाचित भएका हुन् ।