०३ असार २०८३, बुधबार

फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर

भदौ १४, २०७५
फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर

काठमाडाैं-बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंका मुख्य सडक सिँगारिएका छन् । तर, भित्री गल्ली र चोकहरूमा भने केही दिनदेखि फेरि फोहोरको डंगुर लाग्न थालेको छ । पछिल्लो समय परेको वर्षाका कारण सिसडोलमा फोहोर खन्याउन समस्या भएको छ ।
अाजकाे नयाँ पत्रिका दैनिक लेख्छ-फोहोर उठाएर गएका ट्रक हिलाम्मे बाटोका कारण सिसडोलमै जाममा परेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढाउँदैछ । अहिले निजी कम्पनीले पनि काठमाडौंमा फोहोर संकलन बन्द गरेका छन् । काठमाडौं महानगरपालिकामा मात्र ३५ निजी कम्पनीले घर–घरबाट फोहोर उठाउने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्