![बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Shekh_Hasina_4_hJPXyegmN2.jpg)
काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छिन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको केही समयपछि शेख हसिना काठमाडौं आइपुगेकी हुन् । बंगलादेशी प्रधानमन्त्री हसिनालाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
बिमस्टेक सम्मेलनमा सहभागी हुन थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा केहीबेरमा काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
भीआईपीको आगमनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य उडानहरू प्रभावित भएका छन् ।
श्रीलंका, म्यानमार र भुटानका सरकार प्रमुखहरू भने यसअघि नै काठमाडौं आइसकेका छन् ।
बिमस्टेक सम्मेलन आज दिउँसो शुरू हुँदैछ ।
हेर्नुहोस्, तस्वीरहरू :













