२१ जेठ २०८३, बिहीबार

बिमस्टेक शिखर सम्मेलन आज सकिँदै

बिमस्टेक शिखर सम्मेलन आज सकिँदै

काठमाडौं– बिहीबारदेखि शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज सकिँदैछ । काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलनको समापन हुनेछ । 
कार्यतालिकानुसार अहिले  बिहान ८ बजे होटल सोल्टीमै पाहुनाहरुलाई रिट्रिट गरिएको छ । 

त्यसपछि १० बजेर ३० मिनेटमा सम्मेलन अाैपचारिक रूपमा सुरु हुनेछ । मध्याह्न १२ बजे बिम्स्टेक शिखर सम्मेलन काठमाडौं घोषणापत्र पारित गरिएसँगै १२ बजेर २० मिनेटमा सामूहिक फोटो सेसनपछि पत्रकार सम्मेलन गरी सम्मेलन समापनको घोषणा हुनेछ । 

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हशिना, म्यानमारका राष्ट्रपति विन मिन्टऽ थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा , भुटानका  अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पोछिरिङ वाङचुक  र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना सहभागि छन् । 

यसैबीच सम्मेलन सकिएसँगै  सदस्य राष्ट्रका सरकार प्रमुखमध्ये ४ जना आज स्वदेश फर्किने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री  मोदी, बंगलादेशकी प्रधानमन्त्री  हसिना र म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज स्वदेश फर्किन लागेका हुन् ।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पोछिरिङ वाङचुक भोलि र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार फर्कने कार्यक्रम छ ।


स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बिम्स्टेकको शिखर सम्मेलन आयोजनाको अवसर पाएको हो । 

सन् १९९८ देखि नेपाल यसको आमन्त्रित र सन् २००४ फेब्रुअरीमा थाइल्याण्डमा भएको छैटौँ मन्त्रिस्तरीय बैठकबाट नेपाल र भूटान पूर्ण सदस्य भएका थिए । अध्यक्षीय कार्यकाल हरेक दुई वर्ष हुने गर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्