२१ असार २०८३, आइतबार

ओली र मोदी पशुपति पुग्ने, यस्तो छ भारतीय सहयोगमा बनेको धर्मशालाको विशेषता

ओली र मोदी पशुपति पुग्ने, यस्तो छ भारतीय सहयोगमा बनेको धर्मशालाको विशेषता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै पशुपतिमा निर्माण सम्पन्न भएको ‘नेपाल–भारत पशुपतिमैत्री धर्मशाला’को संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन। शुक्रबार बिमस्टेक सम्मेलनको समापनपछि ओली र मोदी पशुपति  धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

तीनतारे होटलको सुविधा हुने भनिएको उक्त धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

धर्मशाला निर्माणपछि नेपाल, भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’मा यात्रा गराउन सकिनेछ ।

तिलगंगा आँखा अस्पतालको दक्षिण–पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ८२ कोठा छन् । चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ ।

धर्मशालामा ३९८ श्यया रहेकाले एकैपटक ३९८ तीर्थयात्री बस्न सक्नेछन् ।

यसले गर्दा नेपालको धार्मिक एवं आध्यात्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । 

धर्मशालाको निर्माणपछि निम्न वर्ग र निम्न मध्यम वर्गका यात्री पनि बस्नसक्ने गरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ ।

हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई सहुलियतमा स्तरीय धर्मशालाको व्यवस्था नहुँदा महँगा होटलमा बस्न बाध्य हुने गरेका छन् ।

शुक्रबार उद्घाटन भएलगत्तै धर्मशाला सन्चालन गर्ने विधि बनाउन कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।

समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत्को नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रमुख दुर्गादत्त ढकाललगायत सदस्य छन् । धर्मशालामा शाकाहारी खानाका साथै बस्ने व्यवस्था हुनेछ ।

२०५८ देखि विभिन्न व्यक्तित्वले चारपटक धर्मशालाको शिलान्यास गरेका थिए ।

जसमा शंकराचार्य जयन्द्र सरस्वती र राष्ट्रियसभाका पूर्वअध्यक्ष बेनीबहादुर कार्कीलगायत थिए ।

धर्मशाला निर्माणको ठेक्का रमणरलामा जेभीले पाएको थियो ।

नेपाली शैलीमा निर्माण भएको धर्मशालामा मल्लकालीन रातो इँटा ‘दचि अपा’को प्रयोग गरिएको कोषले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्