२८ जेठ २०८३, बिहीबार

श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा

श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा

रुपन्देही–बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना शनिबार बिहान बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । 

उनी बिहान काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गरी गाडीमा लुम्बिनी पुगेका हुन् । यसअघि हेलिकोप्टरमार्फत लुम्बिनी जाने तयारी भए पनि उनी भैरहवाबाट गाडीमै गएका हुन् । 

राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झालगायतले स्वागत स्वागत गर्दैछन् । सिरिसेना लुम्बिनी आउने भएपछि लुम्बिनी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि सुरक्षा निकायका ४ वटै अंग परिचालन भएका छन् । बिहान साढे ८ बजेदेखि नै भैरहवा–लुम्बिनी सडक खण्डमा सर्वसाधरणलाई निषेध गरिएको छ ।

सुरक्षाका लागि लुम्बिनीमा सर्वसाधारण तथा अन्य पर्यटकलाई निषेध गरिएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर राष्ट्रिय झण्डा र बौद्ध पतकाले झकिझकाउ पारिएको छ । लुम्बिनी भ्रमणका क्रममा उनले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चना गर्ने कार्यक्रम छ । मायादेवी मन्दिर पछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा जाने छन् । 

श्रीलंकाद्वारा बनाइएको त्रिग्रिम गेस्टहाउका बारेमा जानकारी लिने कार्यक्रम छ । लुम्बिनी विकास कोषले सिरिसेनालाई लुम्बिनीको गुरुयोजना बारे जानकारी गराइने कार्यक्रम रहेको कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्