२१ असार २०८३, आइतबार

भोजपुर अदालतले धरौटीमा छाडेलगत्तै पुनः पक्राउ परे प्रकाण्ड

भोजपुर अदालतले धरौटीमा छाडेलगत्तै पुनः पक्राउ परे प्रकाण्ड

भोजपुर– भोजपुर जिल्ला अदालतले ६० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि रिहा भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) पुन पक्राउ परेका छन् । 

अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि रिहा भएलगत्तै प्रकाण्डलाई प्रहरीले अदालत परिसर बाहिरबाट पुनः पक्राउ गरेको हो । 

प्रकाण्डविरुद्ध भोजपुर जिल्ला अदालतमा ३ वटा मुद्दा चलिरहेका थिए । बम बिस्फोट, ज्यान मार्ने उद्योग तथा आगजनीको मुद्दामा बुधवार थुनछेक बहस भएपछि अदालतले धरौटी माग गरेको थियो । 

बम बिष्फोट, ज्यान मार्ने उद्योग मुद्दामा २५ हजार रुपैयाँ र आगजनीमा १० हजार रुपैयाँ धरौटी माग भएको थियो ।

अदालतमै धरौटी ग्यारेन्टी भएपछि रिहा भएका प्रकाण्ड अदालतबाट बाहिरिने क्रममा पुनः पक्राउ परेका हुन् । 

प्रहरीले उनीविरुद्ध दाङमा अर्को मुद्दा रहेको भन्दै पुनः पक्राउ गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्