३१ असार २०८३, बुधबार

वर्षा र पहिरोका कारण २ कराेड बढीकाे क्षति

वर्षा र पहिरोका कारण २ कराेड बढीकाे क्षति
फाइल तस्बिर

हुम्ला– वर्षा र पहिरोका कारण हुम्लामा रु दुई करोड २१ लाख ९१ हजार ७४९ मूल्य बराबरका धनमाल क्षति भएको छ । 

जिल्लाको विभिन्न ५४ स्थानमा पहिरो जाँदा सो मूल्य बराबरको क्षति भएको हुम्लाका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । वर्षा र पहिरोले घर, विद्यालय, खानेपानी, सिँचाइ कुलो र बालीनालीमा क्षति पुर्‍याएको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार वर्षाले गर्दा अहिलेसम्म ६० घरमा क्षति पुर्‍याएको छ । वर्षा र पहिरोबाट पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाख ६८ हजार राहत वितरण गरिएको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्