३० जेठ २०८३, शनिबार

सेरेना युएस ओपन टेनिसको फाइनल प्रवेश

सेरेना युएस ओपन टेनिसको फाइनल प्रवेश

काठमाडौं– अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको महिला एकलको फाइनलमा प्रवेश गरेकी छन् । योसँगै फाइनलमा जितेमा सेरेनाले मार्गरेट कोउर्टले २४ वटा ग्राण्डसलाम उपाधि जितेर बनाएको कीर्तिमानसँग बराबरी गर्ने छिन् ।

यसपटक उपाधि जितेमा यो छोरी जन्माएपछिको सेरेनाको पहिलो ग्राण्डसलाम उपाधि पजि हुनेछ । उनले गएको सेम्टेम्बरमा छोरी जन्माएपछि दोस्रो पटक ग्राण्डसलामको फाइनलमा स्थान बनाएकी हुन् । गएको जुलाईमा सेरेना विम्बल्डन टेनिसको फाइनलमा एन्जेलिका केरबरसँग पराजित भएकी थिइन् ।

शुक्रबार भएको सेमिफाइनलमा लात्भियाकी एनास्तासिजा सेवास्तोवालाई हराउँदै सेरेनाले युएस ओपनको फाइनलमा स्थान पक्का गरेकी हुन् । ३६ वर्षकी सेरेनाले १९ औँ बरियताकी सेवास्तोवालाई ६–३, ६–० को सेटमा हराएकी हुन् । सेरेनाले अब फाइनलमा अमेरिकी म्याडिसन किज वा जापानकी नाओमी ओसाकासँग प्रतिस्पर्धा गर्ने छिन् । फाइनल खेल शनिबार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्