२१ असार २०८३, आइतबार

भारत बन्द :  मध्यप्रदेशबाट ११५ जना पक्राउ

भदौ २५, २०७५
भारत बन्द :  मध्यप्रदेशबाट ११५ जना पक्राउ

भूपाल–भारतको मध्यप्रदेश प्रहरीले सोमबार कम्तीमा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ । 

पक्राउ परेका सबै जना एकदिने भारत बन्द आयोजना गरेका आन्दोलनकारीहरू भएको प्रहरीले जनाएको छ । 

पेट्रोलियम पदार्थमा सरकारले मृल्य बुद्धि गरेकाले त्यसलाई घटाउन माग गर्दै विरोधस्वरूप बन्द आयोजना गरिएको आन्दोलनकारीको भनाई छ । 

प्रदेशका प्रहरी महानिरीक्षक मक्रान्द डेउस्करले सञ्चारमाध्यमहरूलाई सम्बोधन गर्दै भने, “कानूनको कार्यान्वयन गराउने सिलसिलामा ११० देखि ११५ जनासम्मलाई पक्राउ गरिएको छ, पक्राउ पर्नेहरूको सङ्ख्या बढी हुन पनि सक्छ, उज्जैन, कात्नी र जावालपुरमा केही घटनाहरू पनि भएका छन्, जुन दर्ता पनि भएको छ ।” 

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कँग्रेसले सोमबार देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको थियो । त्यही सिलसिलामा मध्यप्रदेशमा बन्दको आयोजना गरिएको समाचारमा जनाइएको छ । 

कँग्रेसले पेट्रोलियम पदार्थको मुल्यवृद्धि मात्रै नभई भारतीय रूपैयाँको मूल्य घटेको विरोधमा पनि विरोध कार्यक्रम आयोजना गरिएको बताएको छ । 

कँग्रेसका धेरै नेताले आन्दोलनमा सहभागी हुन आम नागरिक र व्यापारीहरूलाई पनि आह्वान गरेका थिए । प्रदर्शनकारीहरूले कतिपय पेट्रोल पम्प र अन्य व्यापारिक प्रतिष्ठानहरूमा तोडफोड पनि गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्