२१ असार २०८३, आइतबार

अमेरिकामा बिहीवार भयानक तुफान आउने सम्भावना

अमेरिकामा बिहीवार भयानक तुफान आउने सम्भावना

काठमाडौं — अमेरिकाको पूर्वी तटमा बिहीवार भयानक तुफान फ्लोरेन्स आएर ठोक्किने सम्भावना छ । साउथ क्यारोलाइना सरकारले १० लाख मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिएको छ ।

तुफानका कारण २२० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नेछ । नर्थ क्यारोलाइनाको प्रसिद्ध पर्यटकस्थल आउटर ब्यांक्स समेत अनेकौं स्थानलाई खाली गराइएको छ । 

साउथ क्यारोलाइनाका गभर्नर हेनरी मकमास्टरका अनुसार, यो निकै सशक्त तुफान हो । तटीय क्षेत्रका मानिसले अत्यन्तै आवश्यक भएमा मात्र बाहिर निस्कनुपर्छ ।

फ्लोरेन्सलाई क्याटेगोरी ४ को तुफान बताइएको छ । यो विगतका दशकहरूमा सबभन्दा ठूलो तुफान हुनसक्छ । तुफानका कारण चर्को पानी पर्ने र बाढी आउने सम्भावना बताइएको छ । 

भर्जिनियामा संकटकाल घोषणा गरिएको छ । नेसनल हरिकेन सेन्टरका अनुसार, फ्लोरेन्स मंगलवार र बुधवार बर्मुडा र बहामास भएर जानेछ । तुफान पश्चिमतर्फ २० किलोमिटर प्रतिघन्टाको गतिमा बढिरहेको छ र बलियो हुँदैछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्