११ साउन २०८३, सोमबार

गुल्मीमा ग्लोबल आईएमई बैंकको २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

गुल्मीमा ग्लोबल आईएमई बैंकको २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं – ग्लोबल आईएमई बैंकले मगंलवार थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

थप गरिएका २ वटा शाखारहित बैंकिङ सेवासँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १ सय २ पुगेको छ । 

बैंकले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका–६ चारपलामा १०१ औं र सोही गाउँपालिका–१ बलिथुममा १०२ औं शाखारहित बैंकिङ सेवा शुरू गरेको हो । दुवै शाखारहित बैंकिङ सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीको रोहवरमा गरिएको छ ।

चारपलामा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय नारायणप्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाको लागि स्थानीय उत्तम पुनलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । २ शाखारहित बैंकिङ सेवा ग्लोबल आईएमई बैंकको गैंडाकोट शाखा अन्तर्गत रहने छन् । 

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय वासिन्दाले गाउँमै स्थानीय प्रतिनिधिमार्पmत् बैंकिङ सेवा लिन सक्ने छन् । सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्ने छन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको स्थानीय वासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा शुरू गरेको हो । 

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३१ शाखा, १ सय ३५ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १५ वटा राजस्व संकलन काउन्टर र १ सय २ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्