२८ असार २०८३, आइतबार

पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पुरस्कार वितरण कार्यक्रम सम्पन्न

काठमाडौं– तम्फुला गाविस खाल्ले मूल थलो भएका कवाली अधिकारीहरूको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । 

मूल थलो धरमपुर माझगाउँ भई काठमाडौं बसोबास गर्दै आएका अधिकारीहरुको भेला भदौं २३ गते शनिवार सम्पन्न भएको हो । 

साधारण सभा एवं पुरस्कार वितरण कार्यक्रममा यसवर्षको एसइइ परीक्षामा उत्कृष्ठ ग्रेड ल्याउने अधिकारी बालबालिकालाई पुरस्कार तथा अन्य अधिकारी बालबालिकालाई सम्मान गरिएको थियो । 

हरेक वर्ष एसइइमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्न २०६८ सालमा श्री तेह्रथुम खाल्ले÷धर्मपुर प्रतिभा पुरस्कार कोष २०६८ को समेत स्थापना गरिएको छ । 

अक्षय कोषमा रहेको १ लाखको व्याजबाट उक्त पुरस्कार कार्यक्रमलाई निरन्तरता दिईदै आईएको तेह्रथुम खाल्ले÷धर्मपुर प्रतिभा पुरस्कार कोषका महासचिव भोजराज अधिकारीले बताए । 

उत्कृष्ठ दुई जनालाई वार्षिक रुपमा जनही २ हजार १ सय नगद तथा सम्मानपत्र तथा अन्य छात्रछात्रालाई सम्मानपत्रले सम्मानित गर्ने गरिएको छ । 

२०७४ सालको पुरस्कार विविध कारणले संचालन गर्न नसकिएको भन्दै कोषले उक्त वर्षको उत्कृष्ठ नजिता पुरस्कार पनि यसै वर्ष वितरण गरेको छ । 

०७४ मा पुरस्कृत हुने छात्रा आयुश्मा अधिकारी र छात्र तर्फ आदित्य राज अधिकारीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस्तै यस वर्षको एसीइइको परीक्षामा उत्कृष्ठ ग्रेड ल्याउन सफल अनुषा अधिकारीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो  । यस्तै शारीरिक रुपमा अशक्त प्रतिक अधिकारीलाई पनि कोषले विषेश पुरस्कारको व्यवस्था गरेको थियो । 

उक्त कार्यक्रममा ज्योति अधिकारीले आफ्ना दिवंगत हजुरबुवाको नाममा एकलाखको अक्षयकोषको घोषणा गर्दै ५० हजार नगद कार्यक्रममा नै हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने तेह्रथुम खाल्डेका अधिकारी महिलाहरुलाई तिजको अवसरमा दरसमेत खुवाइएको थियो । 

साधारणसभाले लेखनाथ अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्