११ साउन २०८३, सोमबार

सिटिजन्सद्वारा काठमाडौंको चोभारमा एटीएम सञ्चालन

सिटिजन्सद्वारा काठमाडौंको चोभारमा एटीएम सञ्चालन

काठमाडौं – ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं क्षेत्र नम्बर १० का सांसद राजन केसी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टीमका उप–कप्तान ज्ञानेन्द्र मल्लले एक समारोहबीच संयुक्त रुपमा उक्त सेवाको शुरूवात गरेका छन् । 

समारोहमा स्थानीय निकायका प्रतिनिधि, सशस्त्र प्रहरीका अधिकृत तथा जवान, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति रहेको थियो । यसले गर्दा चोभारमा क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना ७९ वटा शाखा, ७३ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करीब ३ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

ग्राहक वर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकएस्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्