२१ असार २०८३, आइतबार

सुपर टाइफुन माङ्गखुत आँधीबाट फिलिपिन्समा १४ जनाको मृत्यु

सुपर टाइफुन माङ्गखुत आँधीबाट फिलिपिन्समा १४ जनाको मृत्यु

काठमाडौं– फिलिपिन्समा आएको शक्तिशाली आँधी सुपर टाइफुन माङ्गखुतका कारण ठूलो क्षति भएको छ । आँधीका कारण १४ जनाको मृन्यु भएको छ । 

शनिबार निकै शक्तिशाली रुपमा फिलिपिन्सको उत्तरी तटीय क्षेत्रमा ठोक्किएको आँधीका कारण मानवीयसँगै ठूलो भौतिक क्षति भएको हो । आँधीका कारण धेरै बाटो अवरुद्ध भएका छन् भने सञ्चार सञ्जाल प्रभावित भएको छ ।

सञ्चार सम्बन्ध विच्छेद भएकाले ग्रामीण क्षेत्रमा आँधीका कारण भएको क्षतिको विवरण संकलन हुन नसकेको अधिकारीहरुले बताएका छन् । फिलिपिन्सका एक लाख मानिस आँधीबाट जोगिनका लागि अस्थायी सेल्टरमा बसेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्