०३ असार २०८३, बुधबार

खोलाले बगाउँदा मावलीबाट फर्किदै गरेका दिदीभाइको मृत्यु

खोलाले बगाउँदा मावलीबाट फर्किदै गरेका दिदीभाइको मृत्यु

सल्यान - सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मा दार्मा खोलाले बगाउँदा स्थानीय दुर्गा केसीका दुई वर्षका छोरा मोहन केसी र ६ वर्षकी छोरी रेखा केसीको मृत्यु भएको हो ।

आमा पूर्णिमा केसीसँगै मावली रुकुमबाट घर फर्कँदै गर्दा शनिबार बेलुका ७ बजे उनीहरुलाई स्थानीय दार्माखोलाले बगाएको हो । छोराछोरीलाई खोलाले बगाए पनि आमा पूर्णिमा भने खोला तर्न सफल भएकी थिइन् ।

खोलाले बगाएका मोहनको शव घटनास्थलबाट दुई किलोमिटर पर र रेखाको तीन किलोमिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोहनको शव शनिबार राति नै भेटिए पनि रेखाको भने आइतबार बिहान मात्रै फेला परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्