२२ असार २०८३, सोमबार

अब मोबाइलको पनि बीमा, हराएमा वा बिग्रिएमा नयाँ मोबाइल पाइने

अब मोबाइलको पनि बीमा, हराएमा वा बिग्रिएमा नयाँ मोबाइल पाइने

काठमाडौँ– मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बीच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल सुरक्षा योजनामा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्सले गर्नेछ । यसअघि मोबाइल सुरक्षा योजनाका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल बीमामा रुपान्तरण भएको हो ।

“कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षति पुगेर नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ” मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत सुनुवारले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्