काठमाडौं, २९ मंसिर — पाकिस्तानी मूलका बेलायती बक्सर आमिर खानकी श्रीमती फरयाल मखदूम खानले सनसनीपूर्ण आरोप लगाएकी छिन् । फरयालले आमिरका आमाबुवा आफूमाथि यातना दिन संलग्न रहेको आरोप लगाएकी हुन् ।

मोडेलका रूपमा चर्चित फरयालले आमिरबाट आफ्नो सम्बन्ध तोड्नका लागि उनका आमाबुवाले यातना दिने गरेको बताइन् । उनीहरूसँग बस्दा आफ्नो जिन्दगी नर्कजस्तो भएको उनले बताइन् । ‘मैले इस्लामविरोधी कपडा लगाएको भन्दै उनीहरू मलाई यातना दिन्थे,’ उनले भनिन् ।
आमिरको घरमा बस्दा आफूलाई टिभीको रिमोटले टाउकोमा हान्ने गरिएको उनले बताइन् । एक दिन आमिरका मातापिताले आफूलाई कोठामा थुनिदिएर श्रीमानलाई भेट्न नदिएको समेत उनले आरोप लगाइन् ।
आमिरले भने पत्नी फरयाललाई साथ दिएका छन् । अहिले उनीहरू न्युयोर्कमा छन् ।
पञ्जाब केशरी