३१ असार २०८३, बुधबार

भारतबाट लुकाइछिपाइ ल्याइएको लागूऔषधसहित एक पक्राउ

भारतबाट लुकाइछिपाइ ल्याइएको लागूऔषधसहित एक पक्राउ

वीरगञ्ज – भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले बुधवार बिहान लागुऔषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने ३८ वर्षीय दीपक कुँवर रहेका छन् ।

कुँवरले भारतबाट नेपालतर्फ आउँदा झोलामा लुकाई राखेको अवस्थामा मोलिन २५ थान, वाइजा ल्याप २५ थान तथा फेनालगन २५ थानसहित पक्राउ परेका छन् । 

पक्राउ परेका कुँवरलाई लागुऔषधसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताए ।

salt training

कमेन्ट गर्नुहोस्