११ साउन २०८३, सोमबार

नवलपरासीबाट सिके राउत समूहका कार्यकर्ता पक्राउ

असोज ३, २०७५
नवलपरासीबाट सिके राउत समूहका कार्यकर्ता पक्राउ

परासी – स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना कार्यकर्तालाई पश्चिम जिल्ला प्रहरी कार्यालय नवलपरासीले बुधवार पक्राउ गरेको छ ।

संविधानको विरोधसहित प्रहरी हिरासतमा रही उपचारका क्रममा मृत्यु भएका बाँकेका कार्यकर्ता राममनोहर यादवको सम्झनामा पाल्हीनन्दन गाउँपालिकाको बेलासपुरमा सिके राउतका कार्यकर्ताले कार्यक्रमको आयोजना गरेका थिए ।

हातमा कालोपट्टी बाँधेर आएका उनीहरूले संविधानको बिरोधगर्दै देश विखण्डनको नारा लगाउन थालेपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

कार्यक्रममा हस्तक्षेप गर्ने योजना नरहेपनि देश विखण्डनसहित जनमानसलाई उत्तेजितपार्दै शान्ति सुरक्षा खलल पुग्ने गरी नारा लगाएपछि उनीहरुलाई पक्राउ गरिएको भट्टको भनाई छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूलाई आवश्यक सोधपुछपछि आवश्यक प्रकृया अघि बढाइने उपरीक्षक भट्टले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला संयोजक श्रीकृष्ण यादवसहित, रामग्राम नगरपालिका, सरावल, प्रतापुर, सुस्ता, पाल्हीनन्दन गाउँपालिकाका कार्यकर्ता छन् । पक्राउ पर्ने शोभादेवी हरिजन, दुलारी केवट, लालटी हरिजन, सयरा खातुन, दुर्गावती चौहान, धु्रवप्रसाद गौंड, भिखारी पासी, प्रकाश पासवान, जैनुद्दिन अनसारी, अमेरिका हरिजन, विरेन्द्र खरबार, रविश कुर्मी, अभिमन्यु कुर्मी, रोशन सहानी, विक्रम गौंड, सिकन्दर गौंड, मार्कण्डे दास, कृष्णानन्द कोहाँर र विजय हरिजन रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्