१४ असार २०८३, आइतबार

तीन जना सवार मोटरसाइकल दुर्घटनाग्रस्त, एकको मृत्यु

तीन जना सवार मोटरसाइकल दुर्घटनाग्रस्त, एकको मृत्यु

धादिङ– धादिङको पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका–७ जंङ्गेखोला नजीकै आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

खानीखोलाबाट गजुरीतर्फ जाँदै गरेको बा७९प ७२६५ नंको मोटरसाइकल राजमार्गमा पल्टिँदा मोटरसाइकलमा सवार तीन जनामध्ये एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । 

मृत्यु हुनेमा धुनीबेंशी नगरपालिका निवासी १८ वर्षीय अनिल लामा रहेका छन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य दुई जना सख्त घाइते छन् । 

salt training

कमेन्ट गर्नुहोस्