०७ साउन २०८३, बिहीबार

बंगबन्धु गोल्डकप खेल्न बंगलादेश जाने राष्ट्रिय फूटबल टोलीको बिदाइ

बंगबन्धु गोल्डकप खेल्न बंगलादेश जाने राष्ट्रिय फूटबल टोलीको बिदाइ

काठमाडौं – बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फूटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फूटबल टोलीलाई आज बिदाइ गरिएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोली आजै बङ्गलादेश प्रस्थान गर्नेछ । 

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेशसँगै लाओस र फिलिपिन्स छन् । 

नेपालले आफ्नो पहिलो खेल यही असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल २० गते प्यालेस्टाइनसँग सामना गर्नेछ । दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

यसअघिको प्रतियोगितामा नेपालले अन्तिम चरणको खेलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् भने रक्षकमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल छन् । 

त्यसैगरी मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।

salt training

कमेन्ट गर्नुहोस्