
काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कथा काठमाडौं’ हेर्न धेरै चलचित्रकर्मी तथा पत्रकार उत्सुक थिए । गीत र ट्रेलरबाट चर्चा पाएको फिल्मका निर्माताले आइतबार आइतबार चलचित्रकर्मी तथा पत्रकारहरुका लागि विशेष शोको आयोजना गर्यो ।
चलचित्र हेर्न दर्जन बढी कलाकार तथा पत्रकारहरु हल पुगेका थिए । चलचित्र हेरिसकेपछि कलाकार तथा पत्रकारहरुले भने, ʻबाहिरी हल्ला जस्तो रहेनछ, –कथा काठमाडौं ।ʼ
नायिका पूजा शर्माले चलचित्रलाई लिएर बाहिर जेजस्तो हल्ला चलिरहेको छ त्यो चलचित्र भित्र नभएको बताईन् ।
त्यस्तै नायिका वर्षा राउतले पनि बाहिरी हल्लाजस्तो चलचित्रभित्र दर्शकका लागि नपच्ने दृश्य नरहेको प्रतिक्रिया दिँदै निर्देशकसंगै कलाकारहरुको मेहनतको तारिफ गरिन् ।
‘कथा काठमाडौं’को गीत र टे«लर सार्वजनिक गर्दा देखाइएका केही दृश्यहरुलाई हटाएर प्रदर्शनमा ल्याइएको छ । चलचित्र हेरिसकेपछि थाहा हुन्छ, –त्यति भड्किलो वा उत्ताउलो छैन, जति बाहिरी बजारमा हल्ला छ ।
चलचित्रको दृश्यलाई लिएर युट्युबबाट ट्रेलर नै हटाउनुपर्ने जस्ता कुरा आएपछि केही दृश्यलाई हटाएर चलचित्र प्रदर्शनमा ल्याईएको निर्देशक संगीता श्रेष्ठ बताउँछिन् । काठमाडांै भित्र हुने ३ फरक–फरक कथा बोल्ने चलचित्रम प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतको अभिनय छ ।