२६ असार २०८३, शुक्रबार

रुकुम पश्चिमको सल्ले विमानस्थलबाट तीन महिनापछि हवाई उडान

रुकुम पश्चिमको सल्ले विमानस्थलबाट तीन महिनापछि हवाई उडान

मुसिकोट – रुकुम पश्चिमको सल्ले विमानस्थलबाट आजदेखि पुनः हवाई उडान सेवा शुरू भएको छ । 

तीन महिनादेखि रोकिएको उडानसेवा आजदेखि काठमाडौं– रुकुम –नेपालगञ्ज उडान गरेर नियमित भएको हो । अबदेखि जहाजले काठमाडौं र नेपालगञ्ज पहिलेकै तालिकाअनुसार हप्तामा एक/एक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए ।

उनका अनुसार नेपाल वायुसेवा निगमको जहाजले आइतबार काठमाडौं –रुकुम– नेपाजगञ्ज र सोमबार नेपालगञ्ज – रुकुम – काठमाडौं उडान गर्ने भएको छ । यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपूग र मर्मत गर्नुपर्ने भएकोले नियमित सेवा अवरुद्ध भएको थियो । 

दशैंतिहार नजिकिंँदै गर्दा हवाईसेवा पनि नियमित भएपछि रुकुम पश्चिम तथा पूर्वका यात्रु खुशी भएका छन् । रुकुमको सल्लेबाट उडान शुरू भए पनि जिल्लाको अर्को विमानस्थल चौरजहारीमा भने अझै उडान शुरू भएको छैन । चौरजहारी विमानस्थल करीब १६ महिनादेखि हवाईसेवा बन्द भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्