२२ जेठ २०८३, शुक्रबार

सडक भासिदा ट्रिपर दुर्घटना, एक जनाकाे मृत्यु, दुई घाइते

सडक भासिदा ट्रिपर दुर्घटना, एक जनाकाे मृत्यु, दुई घाइते

चौतारा-सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा ४ ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । 
दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएका छन् । उनीहरु दुवैको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

ढुङ्गा लोड गरिएको उक्त टिपर सडक भासिएर करीब २०० मिटर तल घेलुङ खोलामा खसेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्