२३ जेठ २०८३, शनिबार

डिलफाँटदेखि कोतघर जोड्ने पदमार्ग निर्माण

डिलफाँटदेखि कोतघर जोड्ने पदमार्ग निर्माण

म्याग्दी-  जलजला गाउँपालिका–३ मल्लाजको डिलफाँटदेखि कोतघर जोड्ने पदमार्ग निर्माण गरिएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोग र मल्लाजका बासिन्दाको श्रमदान गरी करिव रु नौ लाख नौ हजार ७५१ को लागतमा ३०० मिटर पक्की पदमार्ग निर्माण गरिएको हो । 

ढलान गरिएको उक्त पदमार्ग एक मिटर ६० सेन्टिमिटर फराकिलो रहेको निर्माण समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताउनुभयो । विकास नेपाल बेल्जियमको रु छ लाख ३३ हजार सहयोग र स्थानीयवासीले रु दुई लाख ७६ हजार ७५१ बराबरको श्रमदान गरेको सो विकास नेपालका प्रतिनिधि मौरीक्सले सोमबार उद्घाटन गर्नुभएको थियो । 

यसअघि सो संस्थाको रु ५९ लाख ८६ हजार ३५२ सहयोग र स्थानीयवासीको रु १७ लाख ३२ हजार ७७७ को लागतमा यसअघि बेनीको कालीपुलदेखि डिलफाँटसम्म एक हजार ३१५ मिटर सिढी र रेलिङसहितको पदमार्ग निर्माण गरिएकामा सो पदमार्गलाई विस्तार गरेर यसवर्ष कोतघरसम्म पु¥याइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्