
ऋषि कपूर पछिल्लो दिन अमेरिकामा उपचार गराइरहेका छन् । उनका पूरा परिवार उनीसँगै विदेशमा छ ।
आलिया भट्ट पनि ऋषि कपुरलाई भेट्न पुगेकी छिन् । सामाजिक सञ्जालमा ऋषि कपुरका केही नयाँ तस्वीर सार्वजनिक भएका छन् । जसमा उनी आफ्ना साथी तथा पत्नी नीतू कपुरसँग मन्दिर पुगेका छन् । तस्वीरमा उनी निकै कमजोर देखिएका छन् ।
अहिले सम्म उनको बिरामीका बारेमा कुनै जानकारी आएका छैन । बिरामीलाई लिएर सामान्य अनुमान मात्र गरिएको छ । उनलाई तेस्रो तहको क्यान्स भएको बताइएको छ । तर रणधीरुले ऋषि कपूरको स्वास्थ्यलाई लिएर भइरहेको अनुमानहरुलाई अस्विकार गरेका छन् ।
केही दिन पहिला ऋषि कपुरसँग अनुपम खेर, प्रियंका चोपडा तथा सोनाली बान्द्रेलगातसँग भेट भएको थितयो । अनुपम खेर तथा प्रियंका चोपडा कामको सिलसिलामा न्यूयोर्कमा थिए । सोनाली भने क्यान्सको उपचार गराईरहेकी छिन् ।
उपचारमा रहेका कारण ऋषि कपुर आफ्नी आमा कृष्ण राज कपूरको अन्तिम संस्कारमा पनि सहभागी भएनन् ।