०३ असार २०८३, बुधबार

यात्रुवाहक बस पल्टिँदा ३६ यात्रु घाइते

कात्तिक ४, २०७५
यात्रुवाहक बस पल्टिँदा ३६ यात्रु घाइते

उर्लाबारी – मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आइतवार अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । 

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को१ख ४५१७ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका सबैको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्